दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

रूपन्देही | मंसिर ३, २०७९

दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

रुपन्देहीः   मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । 

 

बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स  (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । 


रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्